शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

१७ बर्षे खेल जीवनमा मेस्सीले खेलेका र गोल गर्न नसकेका ८ विपक्षीहरु ? कुन कुन हुन् सुची सहित ?


  • शुक्रबार, फाल्गुन १४ २०७७
12K
SHARES

फाईल तस्बिर

यूरोपियन फुटबलमा आफ्नो खेल र गोल आकडा मार्फत आफ्नो फुटबल ब्यबसायी जीवनमा छुट्टै छबि बनाएका बार्सिलोना स्टार लिओनेल मेस्सीले झन्डै आफुले सामना गरेको प्रत्यक विपक्षीहरु विरुद्ध गोल गरेका छन् । यद्यपि सबै खेलमा गोल गर्न सक्ने भन्ने नहुने फुटबलमा यूरोपियन स्टार लिओनेल मेस्सीले आफुले सामना गरेको ७८ क्लब मध्य ६९ विपक्षी माथि गोल गर्न सफल भएका छन्
६ पटकका विश्व गरिमा पुरस्कार बालोन डी’ओर विजेता लिओनेल मेस्सी बार्सिलोनाको निम्ति गोल डेब्यु गरे देखि मेस्सीले ७६३ खेल खेल्दा ६५७ गोल पुरा गरेका छन् उक्त खेल संख्या पुरा गर्न उनले ७८ क्लब विरुद्ध खेल खेलेका छन् ।

मात्र ८ क्लबले लिओनेल मेस्सीलाई गोल गर्न देखि रोक्न सफल भएको छ, उक्त तथ्यांकमा शिर्ष क्लबमा वा ठुलो प्रतिद्वन्दीमा इन्टर मिलान परेको छ । मेस्सीले इटालियन क्लब इन्टर मिलान विरुद्धको ४ पटकको भेट हुदासम्म कुनै गोल गर्न सकेका छैनन् । उनले गोल गर्न नसकेको थोरै मध्येका क्लबहरुमा रुबिन क्जान, बेन्फिका, उडीनेसे, अल साड, जेरेज, मुर्सिया र ग्रामेनेट पर्दछन ।

माथि उच्चारित क्लबहरु बाहेक मेस्सीका निम्ति कठिन प्रतिद्वन्दी मानिएका चेल्सी र लिभरपूल माथि भने मेस्सीले राम्रो तथ्यांक बनाएका छन् । प्रिमिएर लिगका शिर्ष ६ क्लब माथि लिओनेल मेस्सीले राम्रो गोल संख्या हासिल गरेका छन्, उनले खेलेको ३४ खेलमा मेस्सीले २६ गोल गरेका छन् । इन्ग्लिश प्रिमिएर लिगमा कहिले खेल नखेलेका मेस्सी इन्ग्लिश क्लब माथिको गोल आकडा सानदार सावित मान्न सकिन्छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा