यूरोपियन शिर्ष लिगका शिर्ष खेलाडीको सुचीमा दशक देखि दबदबा बनाउदै आएका दुई स्टार हुन् क्रिस्टियानो रोनाल्डो साथै लिओनेल मेस्सी । यूरोपियन फुटबलमा लामो समय देखि नै यी दुई स्टारहरु राज गर्दै हालसम्म पनि दबाब राख्दै आएका छन् ।
त्यस मूल्य स्वरूप दशक लामो दबदबा बोकेका यी खेलाडीको ट्रान्सफर बजारमा मूल्य के कति छ त ?
क्रिस्टियानो रोनाल्डो :
बर्तमान क्लब इटालीको सिरी ए अन्तर्गत युभेन्ट्समा आवर्द पोर्चुगल अन्तर्राष्ट्रिय टिमका कप्तान समेत रहेका रोनाल्डोले यूरोपियन लिगका ४ क्लब मार्फत आफ्नो खेल खेलिसकेका र खेल्दै छन् । केहि बर्ष पहिले मात्र स्पेन छाडेर इटाली पुगेका रोनाल्डोको मूल्य पछिल्लो चरण भने ट्रान्सफर बजारमा ठुलो मूल्य छैन ।तर ३६ बर्षे रोनाल्डोको मूल्य ट्रान्सफर बजारमा ६० मिलियन यूरो कायम रहेको छ। युवा खेलाडीहरु भन्दा ठुलो पारिश्रमिक लिने रोनाल्डोको खरिद मूल्य कम हुनु पछाडी नै उनको उमेर हो भन्दा फरक पर्दैन ।
लिओनेल मेस्सी:
ला लिगा फुटबलमा उनले नजितेको र नबनाएको रेकर्ड सायद कुनै होला, जुलाई १ २००५ मा बार्सिलोनाको वयस्क टोलीमा प्रवेश गरेका लिओनेल मेस्सीले बार्सिलोनाका निम्ति सबै खाले उपाधि जितेका छन् । बार्सिलोनाबाट खेल्दै हुर्किदै बार्सिलोनामा नै ब्यबसायी फुटबलमा प्रवेश गरेका मेस्सीले बार्सिलोनाबाट झन्डै ३२(३४ मिलियन यूरो हाराहारीमा पारिश्रमिक लिने गर्दछन ९तथ्यांक अनुसार० साथै उनि क्लबका एक शिर्ष खेलाडी रहनु साथै कप्तान समेत हुन् । अर्जेन्टिना अन्तर्राष्ट्रिय टिमका समेत कप्तान हुन् लिओनेल मेस्सी ।
लिओनेल मेस्सी हाल ३३ बर्षका भए साथै छिट्टै उनि समेत ३४ औ बर्षमा प्रवेश गर्दै छन्, हालसम्म कुनै फुटबल ट्रान्सफरमा सामेल नभएका उनि यस सिजन भने ट्रान्सफर लिन सक्ने प्रबल सम्भावना रहेको छ । बार्सिलोनासंग सम्झौता सकिने अवस्थामा रहेका मेस्सी फ्री ट्रान्सफर लिन सक्ने छन् । तर ट्रान्सफर मार्केटले मेस्सीको मूल्य ८० मिलियन तोकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।