शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

ट्रम्पको निर्णय खारेज ! विश्व स्वास्थ्य संगठनलाई अमेरिकाको सहयोग


  • बिहिबार, फाल्गुन ६ २०७७
14.7K
SHARES

फाईल तस्बिर

संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ ।

विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । सुरुमा विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगलाई कटौती गरेका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको पक्षमा बोलेको भन्दै सहयोग रकम नै रोकेका थिए ।

अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गर्नुभएको थियो । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको एक बैठकमा उहाँले अमेरिकाले उक्त रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने बताउनुभएको छ ।

विदेशमन्त्री एन्टोनीले अमेरिकाको एउटा दायित्व अन्तर्गत नै आफूहरूले विश्व स्वास्थ्य संगठनलाई यो रकम उपलब्ध गराउन लागेको बताउनुभएको छ । अमेरिकाको यो सहयोगले महामारीसँग जुध्न सहयोग पुग्ने अमेरिको विश्वास छ ।

गत वर्ष मात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिएको सहयोग रोक्ने मात्र नभएर सो संगठनबाट अमेरिका बाहिरिएको निर्णय गर्नुभएको थियो । अमेरिकाको राष्ट्रपतिमा जो बाइडेन आएपछि विश्व स्वास्थ्य संगठनको सदस्यबाट बाहिरिने ट्रम्पको निर्णय खारेज गर्नुभएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा