प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अदालतप्रतिको उच्च सम्मानका कारण प्रधानमन्त्री केपी शर्मा ओली आफैँ उपस्थित भएर लिखित जवाफ पेश गरेको बताउनुभएको छ ।
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीले लिखित जवाफ पेश गरिसकेपछि सञ्चारकर्मीसँग छोटो कुराकानी गर्दै सल्लाहकार थापाले अदालतप्रतिका उच्च सम्मानका कारण प्रधानमन्त्री आफैँ अदालतमा उपस्थित हुनुभएको बताउनुभयो ।
उहाँ(प्रधानमन्त्री)ले लिखित जवाफ मात्रै पठाउनु भए पनि हुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘तर, लिखित जवाफसहित उपस्थित भएर अदालतप्रतिको उच्च सम्मानलाई प्रस्तुत गर्नुभएको छ ।
तर, वरिष्ठ अधिवक्ता डा कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले दायर गरेको रिट निवदेनमा सुनुवाइ गर्दै न्यायाधीश डा मनोज शर्माको एकल इजलासले आफैँ उपस्थित हुन आदेश दिएको थियो ।
आदेशमा भनिएको थियो, ‘म्याद प्राप्त भएका मितिले बाटाको म्यादबाहेक सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्नुहोला ।
प्रतिनिधिसभा विघटनको मुद्दामा जारी संवैधानिक इजलासमाथिको सुनुवाइमा सहभागी एक वकिललाई प्रधानमन्त्री ओलीले ‘बाजे वकिल’ लाई बहसमा सहभागी गराएर तमासा देखाएको भन्दै एक कार्यक्रममा अभिव्यक्ति दिनुभएको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।