अस्पतालले आफूखुसी दिएको तलब बुझिरहेका निजी अस्पतालमा काम गर्ने मेडिकल अफिसरको न्यूनतम तलब तोकेको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले मेडिकल अफिसरको न्यूनतम तलब ४२ हजार तोकेको हो ।
निजी अस्पतालमा काम गर्नेहरूले पनि सरकारी सरहको सुविधा पाउन सकून भनेर न्यूनतम तलब तोकिएको संघका अध्यक्ष डाक्टर लोचन कार्कीले जानकारी दिए । उनका अनुसार यसअघि निजी संस्थामा न्यूनतम तलबमा एकरूपता थिएन । धेरैले निकै कम तलब दिने गरेको संघमा उजुरी परेको थियो । त्यसकारण न्यूनतम शुल्क तोक्नु परेको हो ।
अफिनले उक्त निर्णय कार्यान्वयनमा ल्याउन निजी अस्पतालहरूमा पत्राचार गर्ने तयारी गर्दैछौं’ कार्कीले भने । संघ र अफिनको आज बसेको बैठकले डाक्टरहरूको परामर्श शुल्क बढाउने निर्णय समेत गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।