शनिबार, साउन ९ २०८३
ताजा अपडेट

भारतका गृहमन्त्रीको अभिव्यक्तिप्रति दाहाल नेपाल समुहको गम्भिर आपत्ति


  • बुधबार, फाल्गुन ५ २०७७
9.8K
SHARES

फाईल तस्बिर

दाहाल–नेपाल समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भारतीय गृहमन्त्री अमित अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेको छ ।

बुधबार प्रेस विज्ञप्ति जारी गर्दै दाहाल–नेपाल पक्षको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्ता किसिममा अभिव्यक्तिले दुई छिमेकी मित्रराष्ट्रहरु बीचको सम्बन्धमा भ्रम छर्ने र नाकारात्मक असर पुर्याउने भएकाले भारत सरकार र अमित शाहबाट प्रस्ट पार्न आग्रह गर्नुभएको छ ।

केही दिन अघि भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले एक सार्वजनिक कार्यक्रममा भारतीय जनता पार्टी(भाजपा)का अध्यक्ष एवं गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको संगठन विस्तार गरी सरकार गठन गर्ने अभिव्यक्ति दिनुभएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा