बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

काठमाडौं महानगरले ६ महिना नि:शुल्क मिर्गौला परीक्षण गर्ने


  • बुधबार, फाल्गुन ५ २०७७
8K
SHARES

फाईल तस्बिर

काठमाडौं महानगरपालिकाले आजदेखि ६ महिनासम्म नि:शुल्क मिर्गौला परीक्षण गर्ने भएको छ। महानगरपालिकाले एक सूचना जारी गरी ३२ वटै वडामा बसोबास गर्ने नगरबासीको नि:शुल्क मिर्गौला परीक्षण गर्ने जानकारी दिएको हो।

‘मिति २०७७ साल फागुन ५ गतेदेखि ६ महिनासम्म स्वस्थ्य मिर्गौला स्वस्थ्य काठमाडौं कार्यक्रम अभियानका रुपमा सञ्चालन भैरहेको छ‚’ महानगरपालिकाकाे जनस्वास्थ्य विभागले जारी गरेकाे सूचनामा भनिएको छ।

महानगरपालिकाले सञ्चालन गरेको वडास्थित सामुदायिक सहरी स्वास्थ्य क्लिनिकमा गई पिसाबको प्रारम्भिक परीक्षणबाट मिर्गौला परीक्षण गर्न सकिने सूचनामा उल्लेख छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा