भारतले नेपाललगायत छिमेकी मुलुकहरुसँग कोरोना संकट, खोप लगायतका विषयहरुमा छलफल गर्ने भएको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार सार्कका सबै सदस्य र यस क्षेत्रमा अन्य मुलुकहरु सो छलफलमा सहभागी हुने छन् ।
बैठकमा उच्च अधिकारीहरु सहभागी हुने भनिए पनि कुन तहको हो भन्ने यकिन भने भइसकेको छैन ।
बैठकमा खोप लगायत अन्य स्वास्थ्यसँग सम्बन्धित विषयमा समेत छलफल हुनेछ । भारतले नेपाललगायतका छिमेकी मुलुकहरुलाई अनुदानमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।