बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर अनिश्चितकाका लागि स्थगित गरीएको छ । दिउँसो २ बजेका लागि बोलाइएको बैठक आज बिहान सूचना टाँसेर बैठक स्थगित गरीएको हो ।
मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेस गरिएपछि बागमती प्रदेशसभाको बैठक स्थगित हुँदै आएको छ ।
हिजो राति अबेरसम्म प्रदेशसभा कसरी अगाडि बढाउने भनेर छलफल गरेपनि सहमति जुट्न नसकेपछि आज बिहानै सूचना टाँसेर बैठक अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको छ ।
गत पुस १० गते प्रदेशसभा नेकपा संसदीय दलका ८० सांसदमध्ये ४५ जनाले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यस्तै नेकपाको केन्द्रदेखि नै विवाद रहेकाले प्रदेशसभा बैठक पनि लगातार स्थगित हुँदै आएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।