बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

कांग्रेसलाई डा. भट्टराईको प्रश्न,ओलीले सेटिङमै संसद विघटन गरेका हुन् त ?


  • मंगलबार, फाल्गुन ४ २०७७
10.1K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव भन्ने हुनु दु:खद भएको बताउनु भएको छ ।

भट्टराईले चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति लोकतन्त्र भनेकै चुनाव हुनु दुखद भएको बताउनु भएको हो ।

काँग्रेस नेतृत्वले चुनावमा जाने या असंवैधानिक कदमविरुद्ध आन्दोलनमा जाने भन्ने निर्णय गर्न नसकिरहेका समयमा भट्टराईको यस्तो कुरा आएको हो । काँग्रेस सभापति शेरबहादुर देउवालगायत नेताले चुनावमा जानुपर्ने बताउँदै आउनुभएको छ ।

मंगलबार ट्विट गर्दै अध्यक्ष भट्टराईले चुनाव भनेको ढिलोछिटो हुने नै हुँदा ओलीको असंवैधानिक कदम नसच्चिई चुनावमा गए संविधान धरापमा पर्ने तर्क गर्नुभयो ।

संसद पुनर्स्थापनापछि चुनावमा जाँदा पनि काँग्रेसको दुवै हातमा लड्डु हुने कुरा काँग्रेसले किन नबुझेको उहाँको प्रश्न छ । ओलीको असंवैधानिक कदम नसच्चिई काँग्रेसका केही नेताले चुनावलाई महत्व दिएकोमा कतै यो सब सेटिंग नै त हैन भट्टराईले आशंका व्यक्त गर्नु भएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा