नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक डाकेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले राखेको जिल्ला सभापतिहरूको भेला स्थगित भएको छ।
सभापति देउवाको कार्यकाल सकिन लागेको, महाधिवेशन मिति फागुन ७ गतेदेखि भने पनि उक्त समयमा महाधिवेशन नहुने निश्चित भइसकेको अवस्थामा आवश्यक रणनीति लिन र सभापति देउवालाई दवाव दिन पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाएको थियो।
बुधबारका लागि बोलाइएको भेला स्थगित भएको छ।
सभापति देउवाले बुधबारकै लागि केन्द्रीय समिति बैठक डाकेपछि जिल्ला सभापतिहरूको भेला स्थगित गरिएको हो।
पौडेल पक्ष निकट काभ्रे जिल्ला कांग्रेस सभापति मधु आचार्यले भोलिका लागि तय भएको जिल्ला सभापतिहरूको बैठक स्थगित गरिएको जानकारी दिए।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।