बिहिबार, कार्तिक २० २०८३
ताजा अपडेट

ओलीले आफ्नो सत्ता लम्ब्याउन निर्वाचनको घोषणा गरेः प्रकाशमान सिंह


  • सोमबार, फाल्गुन ३ २०७७
12.1K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ता लम्ब्याउन निर्वाचनको घोषणा गरेको बताएका छन्। काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध गरेको देशव्यापी प्रर्दशनको क्रममा कास्कीमा आयोजित विरोध सभामा बोल्दै नेता सिंहले ओलीले नहुने निर्वाचनको मिति घोषणा गरेको बताएका हुन्।

उनले अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त समेत गरे। ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ। अब न्यायमूर्तीहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले शाही आयोग गठन गरे। त्यो बेला अदालतले त्यसलाई असंवैधानिक ठहर गर्यो। अहिले पनि असंवैधानिक ठहर गर्ने विश्वास छ। हिजो पनि सेटिङको कुरा थियो, आज पनि छ। तर सर्वोच्चले आफ्नो गरिमा कायम गर्ने गरि निर्णय गर्नेछ।’

पुनर्वाहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भयो भने मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनको भनाइ छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा