शनिबार, साउन ९ २०८३
ताजा अपडेट

संसद प्रधानमन्त्रीको नोकर हुँदैन : शम्भु थापा


  • सोमबार, फाल्गुन ३ २०७७
14.3K
SHARES

फाईल-तस्बिर

वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद प्रधानमन्त्रीको नोकर हुन नसक्ने बताएका छन् । सोमबार संसद विघटनविरुद्धको मुद्दामा जवाफी बहस गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई धम्की दिएको भन्दै संसद प्रधानमन्त्रीको नोकर बन्न नसक्ने बताएका हुन् ।

मुलुकी अपराध संहिताको दफा ५८ मा राष्ट्रपति र संसदलई धम्की दिन नपाइने उल्लेख भएको स्मरण गर्दै वरिष्ठ अधिवक्ता थापाले प्रधानमन्त्रीले संसदलाई धम्की दिएको टिप्पणी गरे ।

उनले यो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको भन्दै प्रधानमन्त्री चयन गर्ने विभिन्न विकल्पमा जाँदा संसदीय प्रक्रियाबाट मात्र विघटन हुन सक्ने जिकिर गरे ।

वरिष्ठ अधिवक्ता थापाले संविधानमा श्री ३ र श्री ५ पनि कहिँ नभएको टिप्पणी गरे । यसअघि संसद विघटनको निर्णयको प्रतिरक्षामा बहस गर्ने कानुन व्यवसायीले संविधानले प्रधानमन्त्रीलाई श्री ३ र श्री ५ लाई जति अधिकार दिएको दावी गरेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा