शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तीन वर्षमा ‘दम्भ, भ्रष्टाचार र ‘द्वन्द्व’ मात्रै दियो सरकारले: प्रवक्ता शर्मा


  • सोमबार, फाल्गुन ३ २०७७
8.8K
SHARES

फाईल तस्बिर

नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले सरकारले तीन वर्षमा जनतालाई तीन कुरा दिएको बताउनु भएको छ ।

प्रवक्ता शर्माले वर्तमान सरकारको तीन वर्षको कामलाई समीक्षा गर्दै दम्भ, भ्रष्टाचार र द्वन्द्व गरी तीन कुरा दिएको बताउनुभएको हो ।

‘शब्दलाई दुख दिएर शब्दकोषको फजुल खर्च गरिएन’, सोमबार ट्विट गर्दै शर्माले भन्नुभयो, ‘जनताका रंगिन सपनाहरु वर्तमान प्रधानमन्त्रीकै कारण चुंडिएको चंगा जस्तो भएको छ ।’

वर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार बनेको तीन वर्ष पूरा भएको छ । पाँच वर्षको कार्यदेश दिएको प्रतिनिधिसभा लाई नेकपाको सरकारका प्रधानमन्त्री ओलीले गत पुस ५ गते विघटन गर्नुभएको छ ।

पार्टीको आन्तरिक किचलो व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभएको हो ।

विघटन पश्चत काँग्रेसलगायत नेकपाकै दाहाल-नेपाल समूह आन्दोलनमा छ । सरकारले आउँदो वैशाखमा निर्वाचन तोेकेपनि समयमै निर्वाचन हुनेमा आशंका देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा