शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

दोस्रो टेस्टमा इङ्ल्यान्डको खराब ब्याटिङ, भारतले पहिलो पालीमा बनायो ३२९ रन


  • आइतबार, फाल्गुन २ २०७७
11.8K
SHARES

फाईल तस्बिर

इङ्ल्यान्डले भारतविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा खराब ब्याटिङ सुरुवात गरेको छ।

दोस्रो दिनको खेल जारी रहँदा इङ्ल्यान्डले ६ विकेट गुमाएर ९७ रन जोडेको छ। इङ्ल्यान्डका प्रारम्भिक ब्याट्सम्यान रोरी बर्न्सले खाता खोल्न सकेनन्। डम सिब्लीले १६, डान लरेन्सले ९, कप्तान जोए रुटले ६, बेन स्टोक्सले १८ र ओलाय पोपले २२ रन जोडे।

भारतका रविचन्द्रन आश्विनले दुई तथा इशान्त शर्मा, अक्सर पटेल र मोहम्मद सिराजले एक एक विकेट हात पारे। यसअघि भारतले पहिलो पालीमा सबै विकेट गुमाएर ३ सय २९ रन जोडेको थियो।

भारतको पालीमा प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले एक सय ६१ रन जोडे। अजिन्क्या रहानेले ६१ र रिसभ पन्तले ५८ रन बनाए।

इङ्ल्यान्डका मोइन अलीले चार, ओली स्टोनले ३ र ज्याक लिचले दुई विकेट हात पारे। जोए रुटले पनि एक विकेट हात पारे। शृंखलाअन्तर्गत पहिलो खेलमा इङ्ल्यान्डले जितेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा