शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

केरुङ नाकामा आयात–निर्यात सहज बनाउन कांग्रेसको माग


  • आइतबार, फाल्गुन २ २०७७
11.3K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात–निर्यात सहज बनाउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ ।

चीनबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमानाकाहरूमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यकता भएपनि अहिलेसम्म नाका सहज नहुनु दुःखद् भएको कांग्रेसको भनाइ छ ।

केरुङ नाका अघिल्लो वर्ष माघ १५ देखि यो वर्षको असार २७ सम्म पूर्ण रूपले बन्द भएको थियो । त्यसपछि सामान ढुवानी आंशिक खुला गरिएकोमा हाल दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र परेको बताइएको छ ।

यसबाट एकातर्फ नेपाली व्यवसायीहरू मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा