आफूलाई स्त्री र अग्निबाट टाढा रहने बताउँदै आएका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले सहमतिमा करणी गरेको ठहर जिल्ला अदालत सुनसरीले गरेको छ ।
बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबालाई अदालतले २२ मंसिरमा सफाइ दिएको थियो । त्यसको दुई महिनापछि तयार भएको फैसलाको पूर्णपाठमा जाहेरवाली महिलाले मोहित भएर शरीर समर्पण गरेका कारण बाबाजीले करणी गरेकाले जबरजस्ती मान्न नसकिने उल्लेख छ ।
७५ पृष्ठ लामो फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जाहेरवालीलाई भेटेको समयमा जाहेरवाली प्रतिवादीसँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणी निजहरूका बीच सहमतिमा भएको भन्ने देखियो । अतः यस्तो सहमतिबाट भएको करणीलाई जबरजस्ती करणी मान्न नसकिने हुँदा प्रतिवादीउपरको अभियोग दावी स्थापित हुन आएन । तसर्थ प्रतिवादी सिद्धबाबा रामकृष्णचार्य श्री वैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीले आरोपित कसूरबाट सफाइ पाउने ठहर्छ ।’
त्रि–दण्ड धारण गरेकाले आफू स्त्री (नारी) र अग्नी (आगो) लाई नछुने बताउँदै आएका गिरीले अदालतमा पनि स्त्री र अग्नीबाट टाढा रहने वयान दिएका थिए । तर, जाहेरवाला महिलासँगको म्यासेज र अडियो सम्बादका आधारमा अदालतले सहमतिमा शारीरिक सम्पर्क राखेको ठहर गरेको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।