शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

चीनले बन्द गरिदियो बिबिसीको प्रसारण


  • शुक्रबार, माघ ३० २०७७
8.6K
SHARES

फाईल तस्बिर

चीनले  बेलायती प्रसारण संस्था बिबिसीको  बिबिसी वर्ल्ड न्युजको  प्रसारणलाई आफ्नो देशमा बन्द गरिदिएको छ।

चीनको राष्ट्रिय रेडियो तथा टेलिभिजन प्रशासनले शुक्रबार विज्ञप्ति जारी गर्दै बिबिसी वर्ल्ड न्युजले समाचार प्रसारण गर्दा सत्यता र निष्पक्षताको मापदण्ड पूरा नगरेको र चीनको राष्ट्रिय स्वार्थ र जातीय एकतामा खलल पुर्‍याउने सामग्री प्रसारण गरेकाले प्रतिबन्ध लगाइएको बताएको छ।

केही हप्ताअघि चीन सरकारले कोभिड-१९, वुइघुर मुस्लिमको बाहुल्यता रहेको पश्चिमी सिन्जियाङ प्रान्तमा  प्रणालीगत बलात्कार, यौन  र श्रम शोषण भइरहेको भन्दै बिबिसीले प्रसारण गरेका रिपोर्टको आलोचना गरेका थिए। बिबिसीका रिपोर्ट निराधार रहेको उल्लेख गर्दै उनीहरूले बिबिसीले गलत सूचना प्रवाह गर्न केही मानिसहरूलाई प्रयोग गरेको बताएका थिए।

‘उक्त च्यानलले चीनमा विदेशी मिडियाले पालना गर्नुपर्ने नियम पालना नगरेकाले बिबिसी वर्ल्ड न्युजको प्रसारणलाई चिनियाँ भू-भागमा निरन्तरता दिन सकिन्न,’ चिनियाँ रेडियो तथा टेलिभिजन प्रशासनको विज्ञप्तिमा भनिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा