शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

तीन दिनदेखि बेपत्ता स्वास्थ्य चौकीका कर्मचारी मृत फेला


  • शुक्रबार, माघ ३० २०७७
13.7K
SHARES

फाईल तस्बिर

तीन  दिनदखि बेपत्ता रहेका शिवलिंग स्वास्थ्य चौकीका एक कर्मचारी मृत फेला परेका छन्। सिगास गाउँपालिका–८ शिवलिंग स्वास्थ्य चौकीमा कार्यरत ४५ वर्षीय रामसिंह ऐर आज मृत फेला परेका हुन्।

माघ २७ गते कार्यालयबाट घर फर्केका ऐर घरमा नपुगेपछि खोजतलास गर्दा मृत फेला परेको शिवलिंग स्वास्थ्य चौकीका इन्चार्ज भिमसिंह ऐरले जानकारी दिए। शिवलिंग प्रहरी चौकीको टोलीले ऐरको शव जेवलाखान भीरबाट करिब ३०० मिटर तल फेला पारेको हो। ऐरको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक धनदेव साउँद नेतृत्वको टोली खटिएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा