राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले हिटलर शैलीमा अगाडि बढिरहका प्रधानमन्त्री केपी शर्मा ओली, भारतको इशारामा संसद विघटन गरेको र उनलाई सडकबाटै घुँडा टेकाउनु पर्ने बताएका छन् ।
प्रगतिशिल पत्रकार संघ अर्घाखाँचीले सन्धिखर्कमा गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमकाविरुद्ध सबै दल र नागरिक मिलेर आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने बताए ।
अध्यक्ष केसीले प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देश संकटमा फसेको बताए ।
अध्यक्ष केसीले भारतको इशारामा प्रधानमन्त्री ओलीले संसद विघटन गरेको समेत आरोप लगाए । उनले दरवारीय र संकृणवादी कम्युनिष्टका कारण नेपाली जनताको लामो संघर्ष र वलिदानीबाट प्राप्त भएको गणतन्त्र खतरामा परेको बताएका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।