शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओली तानाशाह बने, संविधान र प्रजातन्त्रको हत्या गरेः नागरिक समाज


  • शुक्रबार, माघ ३० २०७७
12.7K
SHARES

फाईल तस्बिर

नागरिक समाजका अगुवाहरुले ओलीले संविधान र प्रजातन्त्र दुबै मिचेको र तानाशाहा बनेको आरोप लगाएका छन् ।

प्रजातन्त्रवादी संघ संस्थाहरूको छाता संगठन प्रजातान्त्रिक विचार समाजको आह्वानमा शुक्रबार माइतीघर मण्डलामा भएको विरोध प्रदर्शनमा उनीहरुले ओली तानाशाह बनेको आरोप लगाएका हुन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै डा गोविन्द केसीले संसद विघटन गरेर ओलीले नागरिक अधिकार खोसेको आरोप लगाउनुभयो ।

निरकुंशताविरुद्ध सडकमा आउनुको विकल्प नरहेको बताउँदै केसीले ओली संविधान र प्रजातन्त्रको हत्यारा भएको बताउनुभयो ।

डा केदारनरसिंह केसीले प्रधानमन्त्री ओलीले गैरकानुनी काम गरिरहेको बताउनुभयो । ‘हामी रैती नभएकाले तानाशाहलाई सडक ल्याइन्छ’, त्यसै छाडिन्न’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नागरिक समाज चरणबद्ध रुपमा आन्दोलनमा छ

विरोध सभालाई पत्रकार हरिहर विरही, सरस्वती ढुंगानालगायतले सम्बोधन गरेका थिए । प्रदर्शनमा चिकित्सक, कानुन व्यवसायी, शिक्षक, ईञ्जिनियर, पत्रकारहरूको सहभागिता रहेको छ । ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा