वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशी र उहाँकी श्रीमती राधादेवी जोशीले मृत्युपछि शरीर दान दिने घोषणा गर्दैं हुनुहुन्छ ।
चिकित्सा विज्ञान प्रयोगात्मक ज्ञानका लागि मरणोपरान्त आफ्नो शरीर दान दिने ललितपुर महानगरपालिकाको प्राङ्गणमा शुक्रवार एक कार्यक्रम गर्दै मृत्युपछि शरीर दान दिने घोषणा गर्न लाग्नुभएको हो ।
शुक्रबार दिउँसो १:३० बजे आयोजना हुने कार्यक्रमबाट उक्त घोषणा गरिने नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिनुभयो ।
ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको उपस्थितिमा उक्त घोषणा गर्ने कार्यक्रम छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।