शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

ओलीको सनकको शिकार भएको संविधानलाई अब सेटिङको शिकार हुन नदिने : गगन थापा


  • बिहिबार, माघ २९ २०७७
10.2K
SHARES

फाईल तस्बिर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको शिकार भएको संविधानलाई अब सेटिङको शिकार हुन नदिने बताएका छन् ।’संसद विघटनको मुद्दामा संविधानले कसैको शक्ति प्रदर्शन नहेरि संविधान अनुसार फैसला दिनुपर्ने बताएका छन् ।

बिहीबार विराटनगरमा नेपाली कांग्रेस महानगर समितिले आयोजना गरेको विचार गोष्ठीमा उनले अदालतले ठीक ढंगले बोले व्यवस्था जोगिने बताए । ‘व्यवस्था जोगियो भने नेपाली जनताको भविष्य जोगिन्छ, हामीले पल्टाउने संविधान र अदालतले पल्टाउने संविधान एउटै हो’ उनले भने ।

नेता थापाले अदालतले नारायणहिटी दरबार संग्रहालय र भृकुटीमण्डपमा गरिएका नेकपाका दुई समूहका ठूला सभाको गर्जन सुन्न आवश्यक नभएको पनि बताए । ‘नारायणहिटी अगाडिबाट  ओलीको गर्जन र हिजोको गर्जन नसुन्नुहोस्’ उनले भने, ‘अदालतले संविधानको धारा पढोस् कानुनको साँघुरो किल्लाबाट न्यायको हत्या नहोस् ।’

भरोसाको केन्द्रमा रहेको अदालतले न्याय गर्छ भन्ने आशामा रहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा