
केन्याको एक ग्रामिण भेगका विज्ञान शिक्षक विश्वको उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत भएका छन् ।
फ्रान्सिस्कन धर्मका अनुयायी पीटर टाबीचीले एक मिलियन डलर बराबरको पुरस्कार प्राप्त गरेको बीबीसीले उल्लेख गरेको छ । उनले आफ्नो तलबको ८० प्रतिशत गरिब तथा जेहेन्दार विद्यार्थीलाई वितरण गर्दै आएका थिए । विद्यालयबाट बञ्चित हुनुपरेको, सानो कक्षा कोठामा धेरै विद्यार्थी संख्याका बीचमा अध्ययन गरेको र केही मात्र पुस्तकका बाबजुद पनि यस्तो उपलब्धी हासिल गरेको भन्दै पीटरका परिवारका सदस्यले उनको प्रशंसा गरेका छन् ।
दुबईमा आयोजित एक समारोहका बीच पीटरलाई उत्कृष्ट शिक्षक घोषणा गर्दै असाधारण शिक्षकको पहिचान पनि दिइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।