शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

साविक विजेता नापोलीलाई हराउँदै एटलान्टा कोपा इटालियाको फाइनलमा


  • बिहिबार, माघ २९ २०७७
8.2K
SHARES

फाईल तस्बिर

साविक विजेता नापोलीलाई ३-१ ले पराजित गर्दै एटलान्टा कोपा इटालिया फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

नापोलीको मैदानमा भएको पहिलो लेग गोलरहित बराबरीमा सकिएपनि घरेलु मैदानमा भएको दवस्रो लेगमा ३-१ को जित हात पार्दै एटलान्टा समग्रमा ३-१ ले नै विजयी भएको हो ।

एटलान्टालाई जित दिलाउन माटेओ पेसिनाले दुई तथा डुभान जापाटाले एक गोल गरे । नापोलीका हिर्भिन लोजानोले एक गोल फर्काए ।

खेलको १०औं मिनेटमा जापाटा र १६औं मिनेटमा पेसिनाले गोल गरेपछि एटलान्टाले सुरुमै २-० को अग्रता बनाएको थियो ।

५३औं मिनेटमा नापोलीका लोजानोले गोल गर्दै गोल अन्तर कम पार्ने प्रयास गरे । तर पेसिनाले ७८औं मिनेटमा व्यक्तिगत गोल गर्दै जित पक्का गरे ।

एटलान्टाले अब फाइनलमा युभेन्ट्ससंग प्रतिस्पर्धा गर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा