शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष


  • बिहिबार, माघ २९ २०७७
10.4K
SHARES

फाईल तस्बिर

प्रदेश नं २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ ।

प्रदेश प्रमुख तिलक परियारद्वारा बुधबार प्रमाणीकरण गरिएको प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था रहेको छ ।

यस ऐनबमोजिम अनिवार्य अवकाश वा अन्य प्रयोजनका लागि प्रदेश निजामती कर्मचारीको उमेर गणना गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएका जन्म वा वर्षबाट हुन आउने उमेर वा निजको नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट आउने उमेर वा निजले व्यक्तिगत विवरणमा लेखी दिएको जन्म दिन वा वर्षबाट आउने उमेरमध्ये जुन उमेरबाट पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिने उल्लेख छ ।

त्यस्तै निवृत्तभरण पाउने अवस्था र उमेरको हद त्रिपन्न वर्ष पूरा भएका प्रदेश निजामती कर्मचारीले प्रदेश सरकारद्वारा प्रदेश राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लेखित शर्तमा स्वेच्छिक अवकाश लिन सक्ने व्यवस्था गरिएको छ । सो ऐनअन्तर्गत प्रदेश नं २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ्ग सेवा, कानून सेवा, कृषि सेवा, प्रशासन सेवा, वन सेवा, विविध सेवा, शिक्षा सेवा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा