शनिबार, साउन ९ २०८३
ताजा अपडेट

ओलीजी राजीनामा दिएर पशुपतिनाथतिर गए हुन्छ : प्रचण्ड


  • बुधबार, माघ २८ २०७७
18K
SHARES

फाईल तस्बिर

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् । प्रधानमन्त्री ओलीलाई राजीनामा दिएर पशुपतिनाथतिर जान  आग्रह गर्दै प्रतिगमन कुनैपनि हालतमा जनताले नसुकार्ने तर्क गरे ।

ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन,

उनले भने । यो सबै देखेपछि ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने प्रचण्डको भनाइ थियो ।

‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ उनले भने ।

प्रचण्डले आफूहरुले नेपाली जनतालाई नै भगवान मानेको बताए । ‘हाम्रो भगवान नेपाली जनता हो । हामी तपाईको शरणमा छौं’ उनले भने ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा