नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै पाप गर्नेलाई पशुपतिले पनि माफ नगर्ने बताएका छन्।
काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया। केपीको पाप बत्ति बालेर कसैले पनि पखालीदैन।
ओलीलाई बलात्कृत भएको महिलाले पनि सरापिरहेको बताए। ओलीले भ्रष्टाचारको कार्यक्रम गरेर मान्छेलाई भाडामा ल्याउँदा समेत केही हजार मान्छे मात्रै ओलीसँग भएको बताए।
केपी ओली बहुमतको शासन मान्न तयार नभएको बताए। निर्वाचनको आयोगको पत्रअनुसार आफ्नो पक्षमा तीन सय रहेको र ओलीको पक्षमा एक सय मात्रै रहेको बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।