युरोपकै सबैभन्दा बढी उमेरकी महिलाले कोरोनालाई जितेकी छन्।
फ्रान्सकी ११७ वर्षीया लुसाइल र्यान्डनलाई जनवरी १६मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। सन् १९४४मा सिस्टर एन्ड्रेको नाम लिएकी उनमा संक्रमणको कुनै लक्षण भने देखिएको थिएन।
उनले स्थानीय मिडियालाई आफूमा संक्रमण भएजस्तो पनि महशुस नभएको बताएकी थिइन्।
दक्षिणी फ्रान्सको टौलोनस्थित वृद्धाश्रममा अरू स्थानियवासीसँग छुट्टिएर आइसोलेसनमा बसेकी थिइन्। अहिले उनी पूर्ण रूपमा निको भइसकेको बिबिसीले जनाएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।