शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

केपी ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजे: प्रवक्ता श्रेष्ठ


  • बुधबार, माघ २८ २०७७
7.7K
SHARES

फाईल तस्बिर

प्रचण्ड–नेपाल समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले फाँसीवाद र निरङ्कुशता लागु गर्न खोजेको आरोप लगाए । ओलीले एक मिनेट पनि पदमा बस्ने कुनै आधार नभएको दाबी गरेका छन् ।

बुधवार प्रचण्ड–नेपाल समूहको नेकपाले आयोजना गरेको विरोध सभामा बोल्दै नेता श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार ‘अवैधानिक’ भएको जिकिर गरे ।

‘केपी ओली अहिले संसदको सदस्य छैनन्, यो कामचलाउन सरकार हुनसक्थ्यो तर यो अवैधानिक सरकार हो, प्रधानमन्त्रीलाई एक मिनेट पनि पदमा बस्ने आधार छैन,’ नेता श्रेष्ठले भने ।

साथै उनले प्रधानमन्त्री ओलीले अवैधानिक ढंगले सरकारमा बसिरहेको र संवैधानिक नियुक्ति गरेको आरोप समेत लगाए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा