शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ: जनार्दन शर्मा


  • बुधबार, माघ २८ २०७७
16.3K
SHARES

फाईल तस्बिर

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका नेता जनार्दन शर्माले जनताका समस्या समाधान गर्न नयाँ कुलमानहरूको आवश्यकता रहेको बताएका छन्।

आज प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै शर्माले नयाँ कुलमानहरू नियुक्त गर्नुपर्ने बताएका छन्।

‘जनताका समस्याहरू समाधान गर्न नयाँ कुलमानहरू नियुक्त गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सक्षम राजनीतिक नेतृत्व चाहिन्छ।’

शर्मा ऊर्जामन्त्री हुँदा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको थियो। कुलमान नै कार्यकारी निर्देशक भएका बेला नेपालमा लोडसेडिङ अन्त्य भएको थियो।

पछिल्लो समय सरकारले कुलमानको कार्यकाल थप गरेको थिएन।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा