नेकपा नेत्री रामकुमारी झाँक्रीले बिरोध सभामा सम्बोधन गर्दै खड्ग प्रसाद ओली कागजी बादसाहा भएको जिकिर गरेकी छन ।
संसद बिघटनको बिरोध स्वरुप गरेको आम सभामा बोल्दै उनले बोल्न पाईन्छ भन्दै पटक पटक बोल्न नछोड्ने कुरा देहोर्याईरहिन ।
बोल्न पाइन्छ। हामी बोल्न जन्मिएका हौं। प्रतिगमनको बिरुद्द बोल्न पाईन्छ र संबिधान च्यात्नेका बिरुध्द बोल्ने अधिकार नेपाली जनतालाई भएको कुरा उल्लेख गरिन ।
झाँक्रीले राजाको निरंकुशताविरुद्ध लडेकोले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गर्न नछाड्ने बताएकी छन् । उनले संविधानलाई कागजको खोस्टो बनाउनेविरुद्ध निरन्तर बोल्ने उनको आसय थियो।
नेता झाँक्रीले प्रधानमन्त्री ओली कागजी बादशाह भएको र बादशाहहरु कमजोर बन्दै गएपछि कागजका अग्ला कदका बुख्याँचा बनाउने भन्दै उनले भनिन, ‘खड्गप्रसाद ओली कागजी बादशाह हुन्, ती ढलिसके, घोषणा हुन मात्र बाँकी छ ।’
आफूहरुले व्यक्तिको नभई ओली प्रवृत्तिको विरोध गरेको भन्दै उनले पार्टीमा आगामी दिनमा यस्तो प्रवृत्ति जन्म हुने नदिने प्रतिवद्धता जनाउन नेताहरुलाई आग्रहसमेत गरिन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।