सामाजिक निकाय तथा सार्वजनिक सेवा क्षेत्रमा हुने भ्रष्टाचार र अनियमितता नै राष्ट्र निर्माणको प्रमुख बाधक भएको अख्तियार दुरुपयोग आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन् । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औ वार्षिकोत्सव तथा स्थापना दिवसको अबसरमा प्रमुख आयुक्त राईले यस्तो बताएका हुन् ।
राजनीतिक परिवर्तनसँगै मुलुकले नयाँ संविधान पाएसँगै क्रमशः विकास, निर्माण तथा सुधारका कामहरु अघि बढिरहेपनि तथा आर्थिक तथा सामाजिक क्षेत्र सुधार उन्मुख रहेपनि अझैं भ्रष्टाचार तथा अनियमितताका घटनाहरु नरोकिएको भन्दै यो नै मुलुक विकासको प्रमुख चुनौंती भएको राईको भनाइ छ ।
सो अवसरमा प्रमुख आयुक्त राईले सामाजिक क्षेत्रमा हुने अनियमितता तथा भ्रष्टचार नियन्त्रणमा ठीक ३० वर्ष अघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन भएको भन्दै स्वायत संस्थाको रुपमा विना पूर्वागह सत्य र तथ्यका आधारमा काम गर्ने समेत प्रतिवद्धता जाहेर गरे ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।