चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपनाएका छन् ।
भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार महोबा शहरस्थित पुरानो सब्जी मन्डी परिसर बाहिर एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्नका लागि पाँच पाँच सयका थुप्र नोटहरुमा आगो लगाइदिए । त्यहाँ वरिपरि सरसफाईको काम गर्ने मानिसहरुलाई विश्वास गर्ने हो भने ती व्यक्तिले लाखौंको नगद, दुईवटा एन्ड्रोइड मोबाइल र सुन चाँदीको गहनासहित धारिलो हतियार पनि आगोमा स्वाहा बनाए ।
आजतकका अनुसार फोहोरमा लाखौंको नगद बालेर यी मानसिक रुपमा विक्षिप्त व्यक्तिले भने हास्दै भने, ‘के गरुँ, मलाई चिसो लाग्यो, जे भेटेँ त्यो बालेर शीतलहरबाट छुटकारा पाएँ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।