शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शनः ११ बजेबाट जुलुस सुरु हुने


  • बुधबार, माघ २८ २०७७
12K
SHARES

फाईल तस्बिर

नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ । सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ ।

भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन् । सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ । विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ । मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ । जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन् ।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे शुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट शुरू हुनेछ ।केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे शुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट शुरू हुनेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा