शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

शान्तिपूर्ण प्रदर्शनमाथि हवाइफायर


  • मंगलबार, माघ २७ २०७७
17.5K
SHARES

फाईल तस्बिर

म्यानमारमा सैनिक ‘कू’ को विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा प्रहरीले प्रदर्शनकारीमाथि हवाइ फायर गर्दै पानीको फोहोरासमेत प्रहार गरेको छ ।

म्यानमारमा सेनाले ‘कू’ गरेको आज आठौँ दिन हो । प्रदर्शनमा शिक्षक, कानुन व्यवसायी, कर्मचारी लगायतको सहभागिता छ । म्यानमारमा प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायतको रिहाइको लागि दबावमूलक प्रदर्शनहरू भइरहेका छन् । हजारौंको संख्यामा रहेका प्रदर्शनलाई म्यानमारमा पछिल्लो एक दशक यताको सबैभन्दा ठूलो प्रदर्शनको रूपमा लिइएको छ ।

जनता सडकमा ओर्लिएपछि सेनाले ठूलो जमात भेला हुन प्रतिबन्ध लगाएको छ । ५ जनाभन्दा बढी व्यक्ति सार्वजनिक स्थानमा जम्मा हुन नपाइने आदेश दिइएको छ । केही शहरहरूमा राति कर्फ्यूसमेत लागू गरिएको छ । तर, सेनाको आदेशको अवज्ञा गर्दै हजारौं जनता विरोध प्रदर्शनमा उत्रिएका छन् । सैन्य ‘कू’को विश्वभर आलोचना भइरहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा