शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

प्रशान्ति एकेडेमीको पुनर्ताजगी अभियान,विद्यार्थी र अभिभाबको हितको लागि सुरु गर्यो भ्रमण सप्ताहा


  • मंगलबार, माघ २७ २०७७
17.3K
SHARES

फाईल तस्बिर

प्रशान्ति एकेडेमी बुनपा १२ कपनले विद्यार्थी र अभिभावकलाई लक्षित गरि भ्रमण सप्ताह कार्यक्रम २०७७ को सुरुवात गरेको छ।

लामो समयको कोरोना महामारी पछिको समयलाई पुनर्ताजगी गराउन, विद्यार्थी र अभिभाबको हितको लागि प्रशान्तिले मिति २०७७/१०/२६ गते सोमबारदेखि आउदो २०७७/१०/२९ गतेसम्म विविध खालका प्रदर्शनीका साथ भ्रमण सप्ताहा आयोजना गर्न लागेको हो ।

उक्त कार्यक्रमको उद्धाटन संयुक्त रुपमा अतिथिहरुले  रिबन काटेर  गरेका थिए ।

प्रदर्शनी अवलोकन गर्नका लागि उल्लेख्य संख्यामा अभिभाबक हरुको उपस्थिति थियो । उपस्थित अभिभाबक हरुले बिद्यालय तथा बिद्यार्थीहरुको हौसला बढाएका थिए ।

अतिथिहरुले पनि विद्यार्थीहरुले राख्नु भएको प्रदर्शनीलाई अवलोकन गर्दै सबै विद्यार्थीहरुको कामको प्रशंसा गरेका थिए ।

मिति २०७७/१०/ २७ गते मंगलबार कक्षा ७ का विद्यार्थी भाइ बहिनीहरुले खेलकुद तथा संगीतका सामग्रीहरुको प्रदर्शनी गर्ने कार्यक्रम रहेको छ त्यस्तै गरि २०७७/१०/२८ गते बुधबार विज्ञान तथा प्रविधिको प्रदर्शनी हुने र २०७७/१०/२९ बिहीबार धर्म तथा चाडपर्वसम्बन्धी प्रदर्शनी हुने बिद्यालयले जनाएको छ ।

सोही अबसरमा विद्यलय आफ्नै जग्गामा नया संरचना  तथा नयाँ खेल मैदानका साथ, आउने सरस्वती पूजाका दिन पुर्ण रुपमा निशुल्क भर्ना गर्दै विद्यालयलाई नयाँ गतिमा संचालन गर्ने कुरा सबै अभिभावकहरु लाई बिद्यालयले अबगत गराएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा