शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

१९ दिनदेखि बन्द तातोपानी नाका पुनः सञ्चालन


  • मंगलबार, माघ २७ २०७७
10K
SHARES

फाईल तस्बिर

१९ दिनदेखि बन्द रहेको तातोपानी नाका आजबाट पुनः सञ्चालनमा आएको छ । सीमामा रहेको मितेरी पुल पुर्ननिर्माणका लागि भन्दै चिनियाँ पक्षले जनवरी २१ देखि फेब्रुवरी ८ सम्म नाका बन्द गर्ने जनाएको थियो ।

मर्मत कार्य सकिएकाले नाका पुनः सञ्चालन भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।बाढीले क्षति पुर्‍याएको पुल पुनर्निर्माणको काम सम्पन्न भएकाले मंगलबारबाट सामान आउन थालेको भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

पहिलेकै बाढीले क्षति पुर्‍याएको पुलको एक भागमा यसवर्षको बाढीले थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गरेको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा