नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले आफूले जे भन्यो त्यही मान्ने हनुमान र अन्धभक्त मात्रै मन पराउछन भन्ने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली शिक्षक तथा वुद्धिजीविहरूसँग तर्संने समेत बताएका छन्।
शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्छ भनेर विगतमा प्रधानमन्त्री ओलीले शिक्षक संगठन एकीकृत गर्न नदिएको उनको भनाइ थियो। उहाँलाई आफूले जे भन्यो त्यही मान्ने हनुमान चाहिएको हो। शिक्षकहरू क्रान्तिकारी हुन्छन्,’ उनले भने, ‘शिक्षक र वुद्धिजीविदेखि ओली तर्संन्छन्।’
विगतमा ओलीले शिक्षकहरूको औपचारिक संगठन बनाउन हुन्न भने पनि अहिले धमाधम शिक्षक राखेर केन्द्रीय समिति विस्तार गरेकोले त्यो ठगी कुरा मात्रै भएको पुष्टि भइसकेको प्रचण्डको भनाइ थियो।
‘शिक्षकहरूलाई विचार र राजनीतिबाट अलग राख्नुपर्ने हुन्छ, शिक्षकहरूको औपचारिक संगठन बनाउन हुँदैन। शिक्षकहरूलाई पार्टीको कुनै पदमा राख्न हुँदैन भन्ने सोचका प्रवक्ता केपी ओली नै हो,’ उनले भने, ‘तर त्यो ठगीवाला कुरा थियो। उहाँको त्यो साँचै कुरा थियो भने अहिले केन्द्रीय समितिमा म्यादी प्रहरीजसरी शिक्षक भर्ती गरिरहेका छन्।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।