मुलुक कता गईरहोको छ भन्ने केटीएमखबर कर्मीको प्रस्नमा, नेपाली कांग्रेसका यूवा नेता श्रीराम लामिछानेले, केपी ओली “I LOVE YOU” भन्ने नारा सडकमा लाएर, मुलुक कुनैपनि हालतमा नबन्ने भन्दै कडा टिप्पणी गरेका छन ।
उनि भन्छन कम्युनिष्ट कार्यकर्तालाई गाली गरेको हैन तर यस्ता नाराले झनै सत्तामा रहेका मान्छेहरु म नै भगवान हु मैले जे गर्दा पनि हुन्छ भन्ने भावना पैदा भई सत्ता कब्जानै गर्न बेर लगाउदैनन, त्यसकारण लोकतन्त्रमा बिष्वास गर्ने हामिहरुले लोकतान्त्रीक तरिकाबाटनै समस्याको समाधान खोज्नु पर्छ भन्ने मान्यता हो ।
सडक मा पनि र सरकारमा पनि आफै रहेर नचाहिने हर्कत गरेर जनताको अभिमतको खिल्लि उडाएको तर्क गर्दै लामिछानेले कम्युनिष्टहरुले स्वईच्छाचारीताको पराकाष्ठ प्रस्तुत गरेको कुरा उल्लेख गरेका छन ।
सत्तामा पनि आफै बस्ने,सडकमा पनि आफै आन्दोलन गर्ने, गर्न खोजेको चाही के हो ? भन्ने प्रतिप्रस्न गरेका छन ।
जनताको हितमा काम गर्नु पर्ने बेलामा प्रदर्शनको प्रतिस्पर्धामा लाग्नुनै गलत हो, उनि भन्छन ।
जनताले लगभग दुईतिहाई नजिक पुर्याईदिएको पर्टीको काम सत्तामा बसेर पनि आन्दोलन,सडकमा बसेर पनि आन्दोलन गर्ने बाहेक कम्युनिष्टहरुले जन उत्तरदाई काम गर्न नसकेको भन्दै , कम्युनिष्ट नेताहरु
मात्र सत्ताको लागि लागिपरेको उल्लेख गरे ।