शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

उदयपुरमा अबस्थित रौता रानीको दर्शन गर्नाले मनका सबै कामना पुराहुने बिस्वास


  • सोमबार, माघ २६ २०७७
19.9K
SHARES

फाईल तस्बिर

उदयपुरमा अबस्थित रौता रानीको दर्शन गर्नाले मनका सबै कामना पुराहुने जन बिस्वास रहि आएको छ ।

रमणीय रौता उदयपुर जिल्लाको लेकाली भेगमा पर्ने रौता पोखरीको नाम सुन्दैमा मन रोमाञ्चित हुने किसिमको छ । अत्यन्तै प्राकृतिक छटाले भरिपुर्ण रौता पोखरि पर्यटकिय हिसाबले एकपटक पुग्नै पर्ने गन्तब्य हो भन्न सकिन्छ ।

मनोरम प्राकृतिक छटाबीच रहेको रौताबाट जेजस्तो दृश्य देखिन्छ, त्यसले पर्यटकलाई पार्नसम्म मोहित पार्छ।
सदरमुकाम गाईघाटदेखि उत्तर पश्चिम क्षेत्रमा रहेको यो स्थान समुद्र सतहदेखि ५ हजार ९ सय फिट उचाइमा अवस्थित छ।

पोखरी पुग्ने बेलामा हरियो आँगनमा कसैले टक्रक्क कचौरा राखिदिएजस्तै देखिन्छ। पोखरीको छेउमा रौता रानी भनिने देवीको मन्दिरसमेत रहेको छ। धार्मिक महत्त्वका हिसाबले समेत रौता पोखरीमा मानिसहरूको भीड लाग्ने गर्छ।

श्रद्धा तथा विश्वास राख्दै विभिन्न ठाउँबाट मनोकामना पूरा गर्न भक्तजनहरू रौता रानीको दर्शन गर्न पुग्ने गर्छन्।

पानी कहिल्यै नसुक्ने भएकाले पनि यो पोखरी आकर्षण र रहस्यको केन्द्र बनिआएको हो। पोखरीवरपिर विभिन्न रूख र बुट्यान भए पनि पोखरीमा कहिल्यै पात पतिङ्गर झरेको देखिँदैन।

पातहरू पोखरीमा झर्नेबित्तिकै चराले टिपेर लैजान्छ भन्ने जनविश्वास रहिआएको छ। सदरमुकामबाट कच्ची बाटो हुँदै गाडीबाट रौतापोखरी पुग्न सकिन्छ । गाडि यात्राका रूपमा भ्रमण अविस्मरणीय हुन्छ। साथै, भित्री मधेसमा पर्ने उदयपुरको सदरमुकाम गाईघाटबाट डेढ घन्टा गुडेपछि पुगिन्छ, उदयपुर सिमेन्ट उद्योग लिमिटेडको चुनढुंगा खानी रहेको सिंदाली। त्यहाँबाट पैदल आहाले हुँदै दुईदेखि तीन घन्टामा रौता पोखरी पुगिन्छ।

धुपीको रूख, खोँच छिचोल्दै र झरनाबाट झरेको चिसोरमीठो पानीसँग सुसाउँदै प्रकृतिको हराभरामा लुटपुटिँदा बाटो काटेको पत्तै हुन्न।

पोखरीको फेदीतिर लाम लागेका घरहरूमा होम स्टे सेवा पनि पाइन्छ। उपयुक्त मौसममा पुग्यो भने शाकाहारीका लागि कलिलो र लहलहाउँदो रायोको साग र भातको स्वाद कम्ती मीठो हुँदैन।

घुमफिरका लागि पनि रौता पोखरी धेरैको रोजाइमा पर्ने गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा