शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

नारायणगढ मुग्लिन सडकखण्डमा भासिएको सडक मर्मत सुरु


  • सोमबार, माघ २६ २०७७
8.1K
SHARES

फाईल तस्बिर

सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा भासिएको नारायणगढ मुग्लिन सडकखण्डमा मर्मतको काम सुरु भएको छ ।
सडकखण्डको १७ किलो, २५ किलो र २६ किलोमा सडक भासिएको थियो । सबैभन्दा बढी भासिएर क्षति भएको १७ किलोमा त्रिशूली नदीको किनारबाट नै पाइलिङ प्रविधिका आधारमा उठाएर सडक मर्मत गर्न लागिएको हो ।

नदी किनारभन्दा केही माथि १३ मिटर गहिरो ८० सेन्टिमिटर गोलाइमा डण्डी र क्रंक्रिट हालेर भासिएको भाग मर्मत गर्न लागिएको हो । यो ठाँउमा २५ मिटर भागमा ‘पायल मेथड’का आधारमा काम हुने नारायणगढ मुग्लिन सडक आयोजनाले जनाएको छ ।

भासिएको ठाँउको तल काम गर्न सहज होस् भनेर सडक किनारामा स्टीलको बार लगाउने काम थालिएको छ ।

यहाँ ९ मिटर फराकिलो सडकको आधाभन्दा बढी भाग भासिएको थियो । भित्ता काटेर सवारी सञ्चालन भैरहेको छ ।

भासिएको स्थानमा ८२ वटा पायल बनाएर प्रोटेक्सनको काम गर्न लागिएको नारायणगढ मुग्लिन सडक आयोजनाकी सूचना अधिकारी इन्जिनियर सविना रानाभाटले जानकारी दिइन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा