कुलदेवता पूजा अथवा देवाली पूजा भनेको आफ्नो कुल देवतालाई खुसि बनाउनको लागि गरिने संस्कार हो ।
कतै कतै कुल देवतालाई कुलायन पनि भनिन्छ । जाति अनुसारको कुलको नाम फरक फरक हुने भयकाले कुलको पूजा गर्ने तरिका पनि फरक फरक हुन्छ। कुल परम्मरा अनुसार पुजा बिधि आफ्नै बाबु बाजेलाई सोधेको खण्डमा पुजा बिधि थाहा पाउन सकिन्छ । कुल देवता अथवा कुलायन भन्नाले कुल अथवा वंशमा पूजा गरिने देवता हो ।
वंशमा पूजा गर्ने देवत खुसि भए भने सबै किसिमको खुख प्रप्त हुन्छन भन्ने मान्यता रहेको छ ।
वैदिकधर्मावलम्वी हामी आर्यहरूको मुख्य मान्यता चाहिं शाश्वत् र सनातन स्रष्टा, द्रष्टा, हर्ता, भर्ता, कर्ता आदिको भूमिका निर्वहनगरी यो लोकका लागि भोग–ऐश्वर्य र परलोकका निमित्त मुक्तिसमेत दिनसक्ने देवी र देवताहरूलाई नै कुलका मुख्य देवी र देवता मान्ने हो ।
अझ हमी आर्यहरुले निराकार निरन्जन शिवस्वरुप भगवानलाई कुल बिभिन्न रुपमा मान्ने र कुलको मुर्ती नराखि दियो लाई ज्योतिस्वरुप निराकार रुपमा मान्ने चलन छ । त्यसकारण स्मरण मात्रले पनि कुलदेब प्रसन्न बन्छन भन्ने मान्यता रहिआएको छ ।
यो धर्तीमा जन्मेका चेतनशील सबै मानवहरू सधैं कुनै पनि दैविदुर्घटना, प्राकृतिक प्रकोप, अल्पमृत्यु, अकालमृत्यु झेल्नु नपरोस्, सधैं सर्वत्र उल्लास र उमङ्गको वातावरण भइरहोस् भन्ने चाहाना अनुसार आफ्ना कुलदेबको आरधना गर्ने गर्दछन ।
धुप दीप बली सहित कुलको पुजा गर्ने चलन रहिआएको छ ।
समग्रमा आफ्नु कुलदेब स्मरण मात्रले प्रसन्न हुन्छ भन्ने मान्यता रहेकाले कमसेकम कुलदेबलाई धुप दीप नैबेद चढाउन सकिएन भने पनि मनले स्मरण गरेर पुर्खाले मानि आएका कुलदेबलाई स्मरण गरेको खण्डमा देवता प्रसन्न हुन्छन भन्ने मान्यता रहेको छ ।