शुक्रबार, कार्तिक २१ २०८३
ताजा अपडेट

फुटेर हैन जुटेर काम गर्नु पर्छ: युवा ब्यबसाई / पार्टी एकिकरण अभियान केद्रिय सदस्य गौतम


  • आइतबार, माघ २५ २०७७
19.3K
SHARES

राजन गौतम

केटीएम खबर कर्मी संग फोन संबादको क्रममा नेकपा पार्टी एकिकरण अभियान बामदेब समुहका केद्रिय सदस्य, निर्माण ब्यबसाई राजन गौतमले फुटेर हैन जुटेर मात्र देशको भबिष्य उज्वल हुने कुरा उल्लेख गरेका छन ।

कम्युनिस्ट राजनितिमा सक्रिय हुदै, निर्माण ब्यबसाय गर्दै आएका गौतमले केन्द्रिय नेताहरुले फुटेर जनताको भावनामा ठेस पुर्याएको तर्क गर्दै अब जनतामा जान पनि लाजको बातावरण सिर्जना भएको उल्लेख गरेका छन ।

झण्डै दुईतिहाई नजिक पुगेको बेला त केही गर्न नसक्ने हामी कम्युनिस्टले कति बेला काम गर्ने हो भन्ने तर्क गर्दै कुनैपनि हालतमा जुटेर जनतामा सकारात्मक संदेश दिनु पर्नेमा जोड दिए ।

अझ थप्दै उनि भन्छन अहिलेको नेपालको मात्रै होइन, विश्वको कम्युनिस्ट आन्दोलन अत्यन्तै कमजोर भएको छ । आन्दोलन विचलन आएको छ । त्यसमा संशोधनवादी धार बढ्दै गएको छ । त्यसको एउटा रूप नेपालको कम्युनिस्ट आन्दोलनमा पनि देखा पर्यो यो दुखको कुरा हो।

यहाँ पनि संशोधनवादी र अबसर बादीहरु हाबि भएएका छन यो हुनुहुदैन थियो ।

अहिले जुन सरकार बनेको छ, यो कम्युनिस्ट पार्टीको सरकार जस्तो पनि देखिएन । अहिलेको सरकारले कम्युनिस्ट नीतिअनुसार काम गरे भन्छ तर जनताले अनुभुत गरिरहेका छैनन ।

त्यसकारण नेताहरु सच्चिएर मात्रै जनतामा जानु पर्छ,नसच्चिने हो अहिलेकै अबस्थामा जनतामा जाने हो भने के भनेर जाने ? ५ बर्षका लागि भनेर घरदैलोमा पुगेका हामिजस्ता कार्यकर्ता फेरी के भनेर भोट माग्ने भन्दै असन्तुष्टी ब्यक्त गरेका छन ।

गौतम निर्माण ब्यबसायमा सक्रिय, नेकपा पार्टी एकिकरण अभियान एकता बामदेब समुहका केद्रिय सदस्य समेत हुन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा