शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

भरानको गोल संगै रियल मड्रिडको जित


  • आइतबार, माघ २५ २०७७
15.3K
SHARES

फाईल तस्बिर

डिफेण्डर राफेल भरानले दुई गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा हुएस्कामाथि पुनरागमन जित हात पारेको छ ।

भरानले दोस्रो हाफमा दुई गोल गरेपछि रियलले हुएस्कालाई २-१ ले पराजित गरेको हो ।

पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको खेलको ४८औं मिनेटमा जाभी गालानले गोल गर्दै घरेलु टोली हुएस्कालाई अग्रता दिलाएका थिए । तर अग्रता धेरै समय रहेन । रियलका लाग भरानले ५५औं मिनेटमा बराबरी गोल फर्काए । ६४औं मिनटमा भरानकै व्यक्तिगत दोस्रो गोलमा रियलले पुनरागमन जित हात पारेको हो ।

जितपछि दोस्रो स्थानमा रहेको रियलको २१ खेलबाट ४३ अंक भएको छ लिग लिडर एट्लेटिको मड्रिडभन्दा अझै ७ अंकले पछि छ । २१ खेल खेलेको एट्लेटिकोको ५० अंक छ ।

यस्तै गेटाफेलाई ३-० ले पराजित गर्दै सेभिया तेस्रो स्थानमा उकलिएको छ । २१ खेलबाट सेभियाको ४२ अंक छ । २० खेलबाट ४० अंक रहेको बार्सिलोना चौथो स्थानमा झरेको छ । बार्सिलोनाले आज राती रियल बेटिससँग खेल्दैछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा