नेकपाका प्रचण्ड नेपाल पक्षका नेता भीम रावलले गृहमन्त्री रामबहादुर थापा बादलको अभिव्यक्तिले प्रधानमन्त्री केपी शर्मा ओली तानाशाह बन्ने दुस्वप्ना देखिरहेको पुष्टि हुने भन्दै ट्वीट गरेका छन ।
ओली पक्षले शुक्रबार दरबारमार्गमा गरेको कार्यक्रममा बोलेका गृहमन्त्री थापाले मांशाहारी आन्दोलन गर्नेलाई जावलाखेलमा ‘जु’ मा थुन्ने अभिव्यक्ति दिएका थिए।
गृहमन्त्री थापाले उक्त भाषण गरेको केहीबेरमा ट्वीट गर्दै प्रधानमन्त्री केपी ओलीको प्रतिनिधि सभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रधानमन्त्री ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दु:स्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ,’ उनले भनेका छन्,।’

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।