कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले, प्रधानमन्त्री केपी शर्मा ओलीले हालै पशुपतिनाथ मन्दिरमा गरेको पूजाआजातर्फ लक्षित गर्दै जनै नलागउनेहरुले धर्मका कुरा गर्न मिल्दैन भनेर, आफुले लगाएको जनै निकालेर देखाएका छन ।
धर्मका कुरा गर्ने नेताहरूले नै जनै लगाएका छन् कि छैनन् भन्ने पनि उनले प्रश्न गरेका छन्।
अहिले धर्मका नाममा जुन नेताहरू हिँड्नु हुन्छ नि, खोलेर हेर्ने हो भने त्यहाँ जनै पनि छैन होला,’ कांग्रेस रामपुर नगर कार्यसमितिले शुक्रबार गरेको कार्यकर्ता भेटघाटमा पौडेलले भने, ‘मैले त जनै लगाएको छु। मसँग जनै छ।
म हिन्दु हो, म पूजापाठ गर्छु। त्यो मेरो आस्था हो। तर म यसलाई राज्यमा लगेर राख्न चाहन्न। अरू धर्ममाथि म यो थुपार्न चाहन्न।’
उनले प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने पनि बताएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।