शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

अफगानिस्तानमा भएको झडपमा २६ जनाको मृत्यु


  • शुक्रबार, माघ २३ २०७७
18.1K
SHARES

फाईल तस्बिर

अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको खानबाद जिल्लामा भएको झडपमा परी सरकार समर्थक १६ लडाकू र १० तालिबान लडाकूको मृत्यु भएको जिल्ला उपप्रमुख क्युट्रातुल्लाह साफीले बताएका छन् । उक्त झडपमा सरकार समर्थक लडाकूका कमाण्डर अब्दुल हाकिमसहित १६ जनाको मृत्यु भएको छ । तालिबान विद्रोहीतर्फ १० जना मारिएका समाचारमा जनाइएको छ । तालिबान लडाकू पाँचसहित नौ जना घाइते भएका पनि  साफीले बताएका छन् ।

सयौं तालिवान लडाकूहरूले बिहान सबेरै खानबाद जिल्लाको टेपा अख्तर इलाकामा सरकार समर्थक लडाकूमाथि आक्रमण गरेका थिए । उक्त आक्रमण तीन घण्टासम्म जारी रहेको स्थानीयले जानकारी दिएका छन् । कुन्दुज प्रान्तीय परिषदका प्रमुख मोहम्मद युसुफले यस झडपमा सरकार समर्थक १६ लडाकूको मृत्यु भएको पुष्टि गरेका छन् । तालिबान लडाकू समूहले भने यस झडप र हताहतको कुनै टिप्पणी गरेका छैनन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा