उपप्रधानमन्त्री रहेका नेकपाका नेता इश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमा प्रचण्ड प्रवृत्ति हावी भएको बताएका छन् ।
नारायणहिटी दरबारअघि आयोजित सभालाई सम्बोधन गर्दै जनताका सपना पूरा गर्न कम्युनिस्ट एकता अभियान चलाएपनि केही विशाक्त तत्वले सफल हुन नदिएको बताए ।
नेता पोखरेलले कम्युनिस्ट आन्दोलन र देशको समृद्धिलाई असफल बनाउन परिचालिन प्रचण्ड प्रवृत्ति र माधव नेपाल प्रवृत्तिलाई सफल हुन नदिने बताए ।
उनले मुलुकमा राजनीतिक स्थायित्वका लागि जस्तोसुकै प्रतिकूलता भएपनि निरन्तर लागि परिरहने बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।