गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभएको छ ।
शुक्रबार ओलीपक्षले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले मांसाहारी आन्दोलन गर्नेलाई जावलाखेलको चिडिया खानामा लगेर बन्द गरिने बताउनुभयो ।
दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले केहीसमय अघि आयोजन गरिएको भेलालाई सम्बोधनका क्रममा अब देशमा मांसाहारी आन्दोलन गर्नुपर्ने बताउनुभएको थियो ।
मांसाहारी आन्दोलनलाई संविधान र कानूनले अपराध मानेको बताउँदै उहाँले देश निर्वाचनमा होमिएको घोषणा गर्नुभयो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।